काठमाडौं– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी मोर्चामा परिवर्तनका पक्षधरहरु एकैठाउँमा भएको बताएका छन् ।
समाजवादी मोर्चा घोषणासभालाई सम्बोधन गर्दै उनले यो मोर्चाले अहिलेसम्मको उपलब्धिको रक्षा गर्ने बताए ।
उनले भने, ‘दशकौंदेखि विभिन्न खालको संघर्ष र बलिदानको श्रृखलाबाट गुज्रेका पार्टी र नेताहरुलाई विचार, प्रवत्तिलाई बदनाम गर्ने, यो परिवर्तन हजारौं बेपत्ता र सहिदको त्याग तपस्या र बलिदान आएको परिवर्तनलाई होच्याउने, अपमान गर्ने, अराजक र प्रतिगामी प्रवृत्तिका केही मान्छेहरुले टाउको उठाउन खोजेका छन्। के कुरा साचो हो भने यो मोर्चा तीनको विरुद्ध युद्धको घोषणा भने पक्कै हो ।’
कोही पनि प्रगतिशील र वामपन्थी पक्षधर यो मोर्चाबाट डराउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै यस्तो बताएका हुन्।
उनले भने, ‘हामी परिवर्तनका पक्षधरले ७०(७५ वर्षदेखि विभिन्न संघर्ष गरेर वर्तमान व्यवस्था ल्याएका हौं। त्यस्तो अवस्थाबाट गुज्रेकालाई बदनाम गर्ने र अपमान गर्न खोज्ने अराजकताले टाउको उठाउन खोजेकै छ। हजारौं सहिद र बेपत्ता योद्धाका कारण आएको परिवर्तनलाई अपमानित गर्न केहीले टाउको उठाउन खोजेका छन्। तिनकाविरुद्ध युद्धको घोषणा पक्कै हो, सबैसँग बराबरीवाला मोर्चा होइन।’
जेलनेल र यातनाको कीर्तिमान कायम गरेर प्राप्त गरेको उपलब्धि खोसेर हिजोकै अवस्था फर्काउनेका लागि चुनौती रहेको उनको भनाइ थियो। जनताको बलिदानबाट प्राप्त उल्ट्याउन खोजिएको बताउँदै त्यो सह्य नभएको समेत बताए।
अहिले पनि निरंकुश शासन व्यवस्थाको फोहोरको डंगुर सोहोर्नुपर्ने बाध्यता रहेको बताउँदै तिनकाविरुद्ध पक्कै समाजवादी मोर्चा, नेपाल बनाइएको उनले दोहोर्याए। जनताको पक्षमा रहेका प्रगतिशील र वामपन्थीहरुको एकता अभियानसमेत मोर्चा रहेको उनको भनाइ छ।
फेरि देशलाई हिजोकै सामन्ति र निरंकुशतातिर फर्काउने चाहनेहरुलाई नयाँ युद्ध भएको जिकिर गरे। जनताको बलिदानबाट प्राप्त उपलब्धिलाई निस्तेज पार्न खोज्ने काम स्वीकार्य नभएको बताए ।
प्रतिक्रिया