भिमसेनथापा गाउँपालिकामा जनसेवा कार्यक्रम सुरु

भिमसेनथापा गाउँपालिकामा जनसेवा कार्यक्रम सुरु

गोरखा। गोरखाको भिमसेनथापा गाउँपालिकामा जनसेवा कार्यक्रम सुरु भएको छ । गाउँकार्यपालिकाको बैठकले नै निर्णय गरेर पालिका भित्र जनश्रमदान मार्फत अभियान सञ्चालन गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष लोकप्रसाद बंजरा (अक्कल) ले जानकारी दिए । पालिकाले निर्णय गरेसंगै पहिलो पटक आज गाउँपालिकाको वडा नम्बर १ स्थित ध्याम्पेसाल बजारमा सरसफाई गरेको उनले बताए ।

अभियान अन्तरगत ध्याम्पेसाल बजार क्षेत्रमा रहेका फोहोर संकलन गरी व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष बन्जराको भनाई छ । सरसफाई कार्यक्रममा गाउँपालिका अध्यक्ष बन्जरा सहित प्रमुख प्रशासकिय अधिकृत चित्रबहादुर अधिकारी, स्वास्थ्य शाखाका प्रमुख भेषराज खनाल, गाउँपालिकाका बिभिन्न शाखाका कर्मचारीहरु, नेपाल प्रहरी, स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

गाउँपालिकाले हरेक महिनाको १ गते जनसेवाको कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

TOP