काठमाडौंमा भारतीय फिल्म चल्न नदिने बालेनको चेतावनी

काठमाडौंमा भारतीय फिल्म चल्न नदिने बालेनको चेतावनी

काठमाडौं । काठमाडौं महानगरपालीकाका मेयर बालेन शाहले भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्दप्रति आपत्ति जनाएका छन् ।

बिहीवार सामाजिक संजाल मार्फत उनले भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने शब्द सच्याउन तीन दिनको समय दिएका छन् ।

उनले लेखेका छन्,‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।’
उनले यदि तीन दिन भित्र नसच्चीए काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न नदिए प्रष्ट पारेका छन् ।

प्रतिक्रिया

TOP