पालुङटार नगरपालिकामा जग्गाको बर्गीकरण गरि कित्ताकाट खुल्ला

पालुङटार नगरपालिकामा जग्गाको बर्गीकरण गरि कित्ताकाट खुल्ला

गोरखा । पालुङटार नगरपालिकाले जग्गाको बर्गीकरण गरि कित्ताकाट खुलाएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै सोमबारदेखि लागुहुने गरि जग्गाको कित्ताकाट खुलाएको हो ।

भूउपयोग ऐन, २०७६ र भूउपयोग नियमावली, २०७९ को प्रावभान अनुसार नगरपालिकाले भूउपयोग क्षेत्र वर्गीकरण गरि स्थानीय भूउपयोग परिषद्को २०८० बैशाख २० गतेको बैठकबाट सवीकृत गरेर जग्गाको बर्गिकरण गरेको हो ।

नगरपालिकाले विभिन्न १० भागमा भूउपयोग क्षेत्रमा वर्गीकरण गर्दैं जग्गा कित्ताकाट खुलाएको नगर प्रमुख बिबश चिन्तनले बताए । संघिय सरकारले जग्गाको कित्ताकाट गर्ने अधिकार स्थानीय तहलाई दिदैं २०७९ जेष्ट २३ गतेदेखि बन्द गरेको थियो ।

पालुङटारमा जग्गा कित्ताकाट खोलेपछि राजश्वमासमेत बृद्वि हुने नगरपालिकाले अनुमान गरेको छ ।

गोरखाका ११ स्थानीय तहमा पालुङटारले सबैभन्दा पहिलो र गण्डकी प्रदेशको दोस्रोमा जग्गाको बर्गिकरण गरेको हो । प्रदेशमा सुन्दरबजार नगरपालिका, लमजुङले जग्गाको बर्गिकरण गरेको थियो ।

नगरपालिकालाई स्मार्ट पालिका निर्माण गर्ने भन्दै ‘स्मार्ट पालुङटार’ बनाउने अभियानमा सहज हुने उद्देश्यले जग्गाको बर्गिकरण गरि कित्ताकाटसमेत खुलाएको मेयर चिन्तनले बताए ।

प्रतिक्रिया

TOP