गोरखाका ११ स्थानीय तहलाई संघ सरकारले दियो ४ अर्ब ५८ करोड ३७ लाख बजेट

गोरखाका ११ स्थानीय तहलाई संघ सरकारले दियो ४ अर्ब ५८ करोड ३७ लाख बजेट

गोरखा । जिल्लाका ११ स्थानीय तहलाई संघीय सरकारबाट ४ अर्ब ५८ करोड ३७ लाख बजेट विनियोजन भएको छ ।

दुई नगरपालिका र नौ गाउँपालिकालाई संघ सरकारले आर्थिक वर्ष २०८० ÷८१ का लागि बजेट बाँडफाँट गरेको हो । जसमा गोरखा नगरपालिकालाई ६१ करोड ८१ लाख बजेट विनियोजन गरिएको छ ।

पालुङटार नगरपालिकालाई कूल ५७ करोड २ लाख बजेट उल्लेख भएको गरिएको छ । जिल्लाका नौ पालिकामध्ये अजिरकोट गाउँपालिकाले ३१ करोड ६८ लाख समपूरक बजेट प्राप्त गरेको छ ।

आरुघाट गाउँपालिकालाई ४० करोड ४२ लाख, गण्डकी गाउँपालिकाले ४४ करोड ६८ लाख बजेट प्राप्त गरको छ । धार्चे गाउँपालिकाले ३१ करोड २१ लाख प्राप्त गरेको छ। शहिद लखन गाउँपालिकाले ४३ करोड २० लाख बिनियोजन गरिएको छ।

जिल्लाको सबैभन्दा विकट गाउँपालिकाका रुपमा रहेको चुमनव्री गाउँपालिकालाई सबैभन्दा कम २० करोड ७७ लाख विनियोजन गरिएको छ ।

भीमसेन थापा गाउँपालिकाले ४० करोड १० लाख प्राप्त गरेको छ भने बारपाक सुलिकोट गाउँपालिकालाई ४० करोड ५९ लाख छुट्याइएको छ । त्यस्तै सिरानचोक गाउँपालिकाले ४६ करोड ८९ लाख रकम प्राप्त गरेको छ।

यो बजेट समानीकरण अनुदान, सशर्त अनुदान र विशेष अनुदानमार्फत पालिकाले प्राप्त गर्नेछन् । यसका अलवा कार्य प्रगतिका आधारमा थप अनुदान उपलब्ध गराउने बजेट भाषणा मार्फत भनिएको छ ।

कसले कति पाए

गोरखा नगरपालिका : ६१ करोड ८१ लाख

पालुङ्गटार नगरपालिका : ५७ करोड २ लाख

अजिरकोट गाउँपालिका : ३१ करोड ६८ लाख

आरुघाट गाउँपालिका : ४० करोड ४२ लाख

गण्डकी गाउँपालिका : ४४ करोड ६८ लाख

चुमनुब्री गाउँपालिका : २० करोड ७७ लाख

धार्चे गाउँपालिका : ३१ करोड २१ लाख

भिमसेनथापा गाउँपालिका : ४० करोड १० लाख

शहिद लखन गाउँपालिका : ४३ करोड २० लाख

सिरानचोक गाउँपालिका : ४६ करोड ८९ लाख

वारपाक सुलिकोट गाउँपालिका : ४० करोड ५९ लाख

प्रतिक्रिया

TOP