चार स्वर्णसहित प्रदेश स्तरीय कराँते प्रतियोगिताको उपाधी गोरखालाई

चार स्वर्णसहित प्रदेश स्तरीय कराँते प्रतियोगिताको उपाधी गोरखालाई

गोरखा | गोरखाले चार स्वर्णसहित गण्डकी प्रदेश स्तरिय प्रथम जुनियर कराँते प्रतियोगिताको उपाधि जितेको छ । पोखरामा शनिबार र आइतबार सम्पन्न भएको प्रतियोगितामा जिल्लाबाट १३ जना खेलाडी सहभागी भएमा ४ स्वर्ण २ रजत र १ कास्य गरी ७ पदक जितेको मुख्य प्रशिक्षक घ्याम्जो लामाले जानकारी दिए ।

कुमुते कराँते फाइट पुरुष तर्फका २५ के.जी तौल समूहमा युनिक पनेरु, ३० के.जीमा हरि बोहरा, ४५ केजीमा बिनोद परियार र ५० केजी तौल समूहमा फिलेमान गुरुङले स्वर्ण पदक जितेका हुन् ।

यस्तै कुमुते कराँते तर्फ नै ४० के.जी तौल समूमा रुपेश गुबजु र एकल काँते तर्फ ४५ बिनोद परियारले पनि रजत पदक जितेका छन् ।
त्यस्तै गरी महिलातर्फ ४५ केजी शारदा श्रेष्ठले कास्य पदक जिते प्रशिक्षक लामाले बताए ।

जिल्लास्तरबाट छनोट भएर उनीहरु प्रदेश स्तरीय प्रतियोगीतामा सहभागी भएका हुन् । सहप्रशिक्षक बुद्ध लामाको नेतृत्वमा गएको टोली प्रथम भएको हो ।प्रतियोगितामा मनाङ र मुस्ताङ बाहेक ९ जिल्लाको सहभागिता रहको थियो । प्रतियोगितामा महिला तथा पुरुषका गरी कुल १३ वटा विद्यामा ११७ जना खेलाडीले प्रतिष्पर्धा गरेका थिए ।

प्रतिक्रिया

TOP