गोरखा । भिमसेनथापा गाउँपालिकाको आयोजनामा शुक्रबार र शनिबार पाठेघर र स्तन क्यान्सर सम्बन्धी प्रारम्भिक जाँच तथा रोकथाम शिविर सञ्चालन गरिएको छ । नेपाल अस्ट्रेलियन सर्भाईकल क्यान्सर फाउन्डेसनको प्राविधिक सहयोगमा बोर्लाङ स्वास्थ्य चौकी र खाँचोक स्वास्थ्य चौकीमा सञ्चालित उक्त शिविरमा ११३ जनाले सेवा लिएका छन् ।
जसअन्तरगत बोर्लाङ्ग स्वास्थ्य चौकीमा भएको शिविरमा ६५ र खान्चोकमा ४८ जनाले सेवा लिएको भिमसेनथापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए । ति मध्ये बोर्लाङ्गमा ७ जना र खान्चोकमा १३ जनाको भिआइए पोजेटिभ देखिएको थियो ।
उनिहरुको थर्मोकोगुलेसन विधिबाट सम्भावित क्यान्सरको रोकथाम तथा उपचार गरिएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए ।
प्रतिक्रिया