गोरखा, २४ बैशाख । ट्रेड युनियन काँग्रेस गोरखाको अध्यक्षमा शिवबहादुर थापा सर्वसम्मत चयन भएका छन् । शनिबार नेपाली काँग्रेसको पार्टी कार्यालय पाटेचौमा सम्पन्न भएको टूेड युनियनको सातौँ अधिबेशनबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् । नवगठित समतिको खुल्ला उपाध्यक्षमा कृष्णबहादुर खनाल, उत्पादन क्षेत्र तर्फ रामेश्वर पोखरेल, सेवातर्फ कोपिला भटराई, महिलातर्फ अमला अधिकारी उपाध्यक्षमा चयन भएका छन् ।
यस्तै सचिवमा शैलेन्द्र भट्ट, सहसचिबमा गोकुल भट्ट कोषाध्यक्षमा पुरुषोत्तम अर्याल चयन भएका छन् । अधिबेशनले आगामी महाधिवेशन प्रतिनिधिमा मोहनबहादुर सापकोटा र शरद श्रेष्ठ र प्रदेश अधिबेशन प्रतिनिधिमा कृष्णराज पन्त, हिरामाया रेग्मी, राजकुमारी थापा भण्डारी, गीता राना र बोधप्रशाद अधिकारीलाई चयन गरेको छ ।
नेपाल टूेड युनियन काँग्रेस गोरखाको अध्यक्ष शरद श्रेष्ठको अध्यक्षतामा तथा नेपाल टूेड युनियन केन्द्रीय उपाध्यक्ष अजय राईको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा गोरखा काँग्रेसको सभापति नन्दप्रसाद न्यौपाने, टूेड केन्द्रीय सदस्य डोलदेब तामाङ, नेपाल शिक्षक संघको प्रदेश अध्यक्ष सगुन ढकाल, गोरखा नगरपालिकाका पूर्वउपप्रमुख बिनाकुमारी श्रेष्ठ, टूेड युनियनका जिल्ला सहसचिब लुमनाथ लामिछाने, नेपाल शिक्षक संघ जिल्ला अध्यक्ष लक्ष्मण बाबु अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
प्रतिक्रिया