पोखरा, २१ बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशसभाबाट विश्वासको मत पाएका छन् । आज दिउँसो बसेको प्रदेशसभा बैठकबाट उनले विश्वासको मतपाएका हुन् ।
बिहीबारको बैठकमा उपस्थित सांसद संख्या ५९ रहेको र मुख्यमन्त्री पाण्डेको पक्षमा ३५ मत परेको थियो । भने विपक्षमा २२ मत परेको र तथष्ठ पक्षमा २ मत परेको थियो । नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता पाण्डे यही वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
६० सदस्यीय प्रदेशसभामा कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादी १ गरी ३५ प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिएसँगै मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा लागेका छन् । प्रदेश सकारमा माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुशीला सिंखडा र कांग्रेसकी सरस्वती अर्याल तिवारी विनाविभागीय छन् ।
प्रतिक्रिया