वैवाहिक बन्धनमा बाँधिए रियाशा र ‘रुटिने’

वैवाहिक बन्धनमा बाँधिए रियाशा र ‘रुटिने’

वैशाख २०, काठमाडौं । कलाकार तथा मोडल रियाशा दाहाल र रुटिन अफ नेपाल बन्दका सञ्चाकल भिक्टर पौडेल वैवाहिक बन्धनमा बाँधिएका छन्।

रुटिन अफ नेपाल बन्दले देश तथा विदेशमा हुने गरेका घटनाक्रमहरुबारे जानकारी दिने गरेको छ।

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले बुधबार एक समारोहबीच काठमाडौंमा विवाह गरेका हुन्।

रियाशाले विवाहअघि नजिका साथीहरुसँग ब्याचलर पार्टीसमेत मनाएकी थिइन्

उनीहरूको बिहेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत पुगेका थिए ।

भक्तपुरको सूर्यविनायक निवासी रियाशा र गोलढुंगा निवासी भिक्टर करिब तीन वर्षदेखि गुपचुप प्रेममा थिए ।

 

प्रतिक्रिया

TOP