कलाकारितामा प्रोत्साहन गर्न कोका–कोलाको ‘युथ डायलग’

कलाकारितामा प्रोत्साहन गर्न कोका–कोलाको ‘युथ डायलग’

 

वैशाख २०, काठमाडौं। कोका–कोलाको ‘युथ डायलग’ कार्यक्रम सम्पन्न भएको छ । ‘प्रेरणा र करियर’लाई मुख्य विषय बनाएर सञ्चालन गरिएको कार्यक्रममा व्यक्तिगत शीप र कौशल प्रयोग गरी कलाकारितामा अवसरको सृजना गर्न सकिने विषयबारे बहस गरिएको थियो ।

उक्त कार्यक्रममा सृष्टि केसी ब्लाइन्ड रक्स, सम्पदा मल्ल लेखक, फिल्म निर्माता र किरण नेपाली ब्याण्ड कुटुम्ब प्यानलिस्टको रूपमा थिए । करीब दुई सय जनाभन्दा धेरै विद्यार्थीको उपस्थिति रहेको उक्त कार्यक्रमले विद्यार्थीलाई कलाकारितामा करियर बनाउने दृष्टिकोणका साथै त्यसका सम्भावना र चुनौतीका विषयमा छलफल गरिएको थियो ।

 

प्रतिक्रिया

TOP