नेपाली उत्पादन र सेवाको निर्यात बढाउन अध्यक्ष ढकालको आह्वान

नेपाली उत्पादन र सेवाको निर्यात बढाउन अध्यक्ष ढकालको आह्वान

वैशाख १९, काठमाडाैं । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सूचना प्रविधिको प्रयोग मार्फत नेपाली उत्पादन र सेवाको निर्यात बढाउन आह्वान गरेका छन् ।

‘राष्ट्रिय सूचना तथा संचार प्रविधि दिवस २०२३’ का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रलाई प्रोत्साहन दिई निजी क्षेत्र र सरकारको थप साझेदारीका लागि आह्वान गरेका हुन् ।
अर्थतन्त्रलाई डिजिटलाइज गर्न निजी क्षेत्र अगाडी बढिसकेकाले थप सहजीकरण गर्न सरकारसंग आग्रह गरे ।

डिजिटल नेपाल बनाउनको लागि निजी क्षेत्र र सरकारको उल्लेखनीय लगानीको आवश्यकता छ । सूचना प्रविधिको लागि आवश्यक मानवीय संसाधन र प्राविधिक शिक्षा, इन्टरनेटको सहजता र सुलभता हुनु जरुरी छ । सूचना प्रविधिको प्रयोगले नेपाली उत्पादन र सेवाको निर्यातलाई बढाएर विदेशी मुद्रा आर्जन गर्न सकिने भएकोले यसमा सरकार र निजी क्षेत्रबिच थप साझेदारी आवश्यक रहेको उनले बताए ।

वाणिज्य महासंघले सूचना प्रविधि क्षेत्रलाई विशेष प्राथमिकतामा राखी छुट्टै सूचना तथा संचार प्रविधि विकास समिति गठन गरेको बताए ।
सूचना प्रविधि क्षेत्रमा लागेका निजी क्षेत्रका व्यवसायीहरुले निरन्तर पोलका समस्या, विद्युतीय शुल्क, अनलाइन पेमेन्टलगायतका समस्या भोग्नु परेकाले प्राथमिकताका साथ समाधान गर्न सरकारसंग माग गरे ।

सूचना प्रविधिको उपयोगबाट बढि भन्दा बढि फाइदा लिन वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको ‘स्टार्ट अप पोलिसी’ तत्काल पारित गर्न, डिजिटल सिग्नेचरलाइ मान्यता दिइ प्रयोगमा ल्याउन, कर, व्याजदर लगायतमा सुबिधा दिएर सूचना प्रविधि हवको बिकासमा सघाउन उनले सरकारसंग माग गरे ।

सूचना तथा संचार प्रविधिलाई थप सहज र सर्वसुलभ बनाउने प्रयासमा सबै क्षेत्रले योगदान गर्नु पर्ने उनकाे माग थियाे ।

प्रतिक्रिया

TOP