एसीसी प्रिमियर कपको उपाधि नेपाललाई गुल्शन झा र भीम सार्कीको उत्कृष्ट साझेदारी

एसीसी प्रिमियर कपको उपाधि नेपाललाई गुल्शन झा र भीम सार्कीको उत्कृष्ट साझेदारी

मंगलबार, वैशाख १९, काठमाडौँ । नेपाली क्रिकेट टोलीले एसीसी प्रिमियर कपको उपाधि जितेको छ। यससँगै नेपाली टोली भारत र पाकिस्तानसमेत खेल्ने एसिया कपका लागि छनोट भएको छ।

एसीसी प्रिमियर लिगको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल दोस्रोपटक एसिया कपका लागि छनोट भएको हो ।

यूएईले दिएको ११७ रनको लक्ष्य नेपालले ३०।३ ओभरमा पुरा गरेको थियो । नेपालका लागि गुल्शन झा र भिम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

२२ रनमै तेस्रो विकेट गुमाएको अवस्थाबाट उकास्दै उनीहरुले नेपाललाई जितसम्म पुर्याएका हुन् । गुल्शनले यूएईविरुद्ध दोस्रो अर्धसतक बनाएका छन् ।

 

प्रतिक्रिया

TOP