यूएईविद्ध गुल्शन झाको साहसिक अर्धशतक, नेपाल जितनजिक

यूएईविद्ध गुल्शन झाको साहसिक अर्धशतक, नेपाल जितनजिक

 

मंगलबार, वैशाख १९, काठमाडौं । नेपाली ब्याटर गुलशन झाले एसीसी प्रिमियर कपको फाइनल भिडन्तमा यूएईविरुद्ध अर्धशतक बनाएका छन्।

नेपाली ओपनरहरु सस्तैमा आउट भएको अवस्थामा गुलशनले अर्का ब्याटर भीम सार्कीसँग मिलेर नेपाललाई सम्हालेका हुन्।मंगलबार कीर्तिपुरस्थित टुयु क्रिकेट मैदानमा भएको फाइनल खेलमा उनले ७५ बलमा ३ चौका र ४ छक्का प्रहार गरेर अर्धशतक पुरा गरेका हुन् ।

अहिले क्रिजमा गुल्सन झा र भिम शार्की खेली रहेका छन् । नेपाली ओपनरहरु सस्तैमा आउट भएको अवस्थामा गुलशनले अर्का ब्याटर भीम सार्कीसँग मिलेर नेपाललाई सम्हालेका हुन्।अर्धशतकतर्फ नजिकिने क्रममा गुल्शन केही दबाबमा देखिएका थिए । उनले धेरै बल प्ले एन्ड मिस गरे । ४९ रनको स्कोरमा उनले ११ डट बल खेलेका थिए । गुल्सन दबाबमा देखिँदा भीमले आक्रामकता देखाउँदै नेपालको स्कोरबोर्ड चलाएमान बनाएका छन् ।

 

प्रतिक्रिया

TOP