गोरखा । गोरखामा १२ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा ६० बर्षिय पुरुष पक्राउ परेका छन् । जिल्ला आरुबोटे नाबालिका बलात्कार आरोपमा १ जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरानचोक गाउँपालिका–४ छोप्राकका ६० बर्षिय रमेश पोख्रेल भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
प्रहरीका अनुसार पोख्रेलले ति बालिकालाई पटक पटक फकाई फुलाई गरी आफ्नै घरको कोठामा लगि बलात्कार गर्ने गरेको खुल्न आएको छ । पोख्रेलले बालिकालाई पहिलो पटक पौष मसान्त र पुनः माघ २० गते बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ ।
घटना पछि बालिकाको परिवारले माघ २६ गते प्रहरीमा किटानी जाहेरी हालेको थियो । पिडितको जाहेरी पर्नासाथै प्रहरीले उनलाई पक्राउ गरेको हो । प्रहरीले पोखरेललाई माघ २७ गते शक्रबार गोरखा जिल्ला अदालतबाट जबरजस्ती करणी शीर्षक मुद्वामा ७ दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको जनाएको छ ।
प्रतिक्रिया