गोरखामा तिजको दर खाएका १०० भन्दा बढी बिरामी

गोरखामा तिजको दर खाएका १०० भन्दा बढी बिरामी

गोरखा, ८ भदौ । गोरखामा तिजको दर खाएका एक सयभन्दा बढी मानिस बिरामी परेका छन् । गोरखा नगरपालिका वडा नम्बर ७ स्थित मान्द्रेढुङ्काका स्थानीय महिला तथा पुरुष तिजको पूर्वसन्ध्यामा भोज खाएपछि बिरामी परेका वडाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए ।
भोज खाएका अघिकासं बिरामी परेको उनले बताए ।

‘कृष्ण जन्म अष्टमीका दिन स्थानीय महिला तथा पुरुषहरु मिलेर तिजको दर खाएको र सोही साँझदेखि नै भोज खाएकाहरु सवै बिरामी परेका हुन्, वडाध्यक्ष श्रेष्ठले भने, ‘हिजोमात्र भोज खाएकाहरु बिरामी परेको थाहा पाएपछि स्वास्थ्यकर्मीहरुले लगेर उपचार सुरु गरिएको छ ।’
उनले स्वास्थ्यकर्मीको टोलीले ४० जना भन्दा बढीको स्वास्थ्य जाँच गराएको बताए ।

चेकजाँच गराएका मध्ये ३ जनालाई स्लाइन पानी नै चढाउनुपर्ने अबस्थामा रहेको पाइएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए। बिरामीको घरघरमा स्वास्थ्यकर्मीको टोली पठाएर आबश्यक औषधी उपचार गरिएको उनले बताए ।

बिरामी परेकाहरु अहिले बिस्तारै निको हुदै गएको स्वास्थ्यकर्मीको भनाई छ । केहीलाई अझै घरमा स्लाइन लगाएर राखिएको अहेव भूमिका श्रेष्ठले जानकारी दिए । बिरामीहरुमा शनिबार साँझदेखि नै पेट दुख्ने, वान्ता हुने, जरो आउने र पखाला लाग्ने समस्या देखिएको अहेव श्रेष्ठको भनाई छ ।

बिरामी भएका मध्ये अधिकांसको गोरखा सदरमुकाममा रहेको नीजि क्लिनिक र केही आफै गोरखा अस्पताल पुगेर उपचार गराइरहेको उनले बताए । तिरको दरखाने कार्यक्रममा महिलाहरुसंगै पुरुषहरु पनि सहभागी भएका थिए । भोजमा पुलाउ, अचार, तरकारी र मासुको परिकार खाएका थिए । तर मासुका कारण बिरामी भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया

TOP