काठमाण्डौं, ३१ साउन । विधार्थीमा कोरोना संक्रमण देखिएपछि गोरखा भिमसेन थापा गाउँपालिकाका पाचँ वटा विद्यालयाको पठन पाठन बन्द भएको छ । विद्यार्थीहरुमा कोरोनासंग मिल्दो जुल्दो लक्ष्यण देखिएपछि एन्टिजेन परीक्षण गराउदा ३८ जना विद्यार्थीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
भिमसेन थापा वडा नंं १ मसेलमा रहेको दुल्लभ माध्यमिक विद्यालय, बिन्द्रावती माध्यमिक विद्यालय, कनकामना आधारभुत विद्यालय, चण्डेवरी आधारभुत विद्यालय र वडा नं ६ को अश्राङमा रहेको नव जागृती चण्डी माध्यमिक विद्यालयका २४३ जना विद्यार्थीमा गरिएको एन्टिजेन परिक्षणका क्रममा ३८ जनामा संक्रमण देखिएको भिमसेन थापा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए ।
दुल्र्लव माविमा १४ जना, बिन्द्रावतीमा ७ जना, कनकामनामा २ जना, चण्डेवरीमा ५ जना र नव जागृती चण्डीमाा १० जनामा संक्रमण देखिएको उनले बताए । विद्यार्थीहरुमा संक्रमण पुष्टि भए संगै विद्यालयको पठन पाठन केही दिनको लागि बन्द गरिएको उनको भनाई छ ।
स्वास्थ्य शाखा प्रमुख खनालका अनुसार सबै संक्रमितको स्वास्थ्य अवस्था राम्रो रहेको छ । उनिहरुको होम आइशोलेसन मै उपचार भैरहेको उनले बताए ।
अब केहि दिनमा ५ बर्ष देखि १२ बर्ष सम्मका बालबालिकाका लागी पहिलो मात्राको खोप र १२ बर्ष देखि १६ बर्ष सम्मका बालबालिकाका लागी बुष्टर डोजको खोप लगाइने स्वास्थ्य शाखा प्रमुख खनालले बताए ।
प्रतिक्रिया