सरस्वती मावि बोर्लाङ्गले सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनका लागी काठमाण्डौंमा अन्तरक्रिया कार्यक्रम गर्ने

सरस्वती मावि बोर्लाङ्गले सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनका लागी काठमाण्डौंमा अन्तरक्रिया कार्यक्रम गर्ने

काठमाण्डौं, ३१ साउन । गोरखाको भिमसेन थापा गाउँपालिका स्थित श्री सरस्वती माध्यमिक बिद्यालय व्यवस्थापन समितिले तिन बर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ कक्षा सञ्चालनका लागी काठमाण्डौंमा भेला तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

यहि भदौ ४ गते शनिवार विहान ११ बजे लेखनाथ सदन हल स्रोहखुट्टे चोक काठमाण्डौंमा छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

“भिमसेन थापा गाउँपालिका वडा नं ७ र ८ बोर्लाङ्ग लगायत भिमसेन थापा गाउँपालिकाका सम्पुर्ण शिक्षा प्रेमि तथा शुभचिन्तकहरुलाई रचनात्मक सुझाव सहित छलफल कार्यक्रममा उपस्थितिका लागी हार्दिक अनुरोध गर्दछौ” अध्यक्ष श्रेष्ठले भने ।

सरस्वती मावि बोर्लाङ्गलाई प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद् टेक्स महाशाखाले गत मंगलवार विद्यालयलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम संचालनको स्विकृत दिएको थियो ।

प्रतिक्रिया

TOP