सरस्वती मावि बोर्लाङ्गमा सिभिल इन्जिनियररिङ पढाई हुदै

सरस्वती मावि बोर्लाङ्गमा सिभिल इन्जिनियररिङ पढाई हुदै

काठमाण्डौं । गोरखाको भिमसेन थापा गाउँपालिका ७ बोर्लाङ्ग स्थित सरस्वती माविमा सिभिल इन्जिनियररिङ पढाई हुने भएको छ ।

प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद् टेक्स महाशाखाले मंगलवार विद्यालयलाई डिप्लोमा इन सिभिल इन्जिनियरिङ कार्यक्रम संचालनको स्विकृत दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष नारायण श्रेष्ठले बताए ।

गत साउन १२ गतेको बैठको निर्णय अनुसार ३० वटा शर्तहरु पुरा गर्ने गरी महाशाखाले अनुमती दिएको हो । शर्तहरुमा विद्यालय शिक्षालाई असर नपर्ने गरी आफ्नै स्रोत साधनबाट प्राविधिक शिक्षा तथा ब्यवशायिक तालीम परिषद्को नियम भित्र रहेर गतिविधी संचालन गर्नुपर्ने उल्लेख छ ।

भौतिक पूर्वाधारको हिसाबले पनि सरस्वती माविमा बहुप्राविधिक विद्यालय संचालन गर्न सहज हुने विद्यालयका प्रधानाध्यापक रामचन्द« पौडेलले बताए ।

आफ्नै गाउँमा प्राविधिक शिक्षा पढ्न पाईने भएपछि बिधार्थी अभिभावकहरु समेत खुशि भएका छन् ।
त्यस क्षेत्र र आसपासका विद्यार्थीलाई महँगो पैसा तिरेर अन्यत्र गएर सिभिल इन्जिनियररिङ पढ्नुपर्ने बाध्यता हटेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

अहिल डिप्लोमा इन सिभिल इन्जिनियरिङका लागी भर्ना कार्यक्रम चलिरहेकाले इच्छुक बिधार्थीहरुलाई भर्ना हुन समेत उनले आग्रह गरेका छन् ।

यस वर्ष ४८ जनाको कोटाका लागि अनुमती प्राप्त भएको उनले बताए। जसमध्ये वर्गिकृत निशुल्क छात्रवृत्ति कोटा ४ जनाका लागी तोकिएको छ ।

अध्यक्ष श्रेष्ठका अनुसार टाढाबाट आउने बिधार्थीलाई छात्रावासको समेत व्यवस्था गरिएको छ । सरस्वती माविलाई बहुप्राविधिक विद्यालयको रुपमा संचालन गर्ने योजना रहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया

TOP