गोरखा । गोरखामा चिप्लिएर लड्न पुग्दा आज एक पुरुषको मृत्यु भएको छ । जिल्लाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ३ स्थित टारीफाँट सामुदायिक बनमा घाँस काटेर फर्कदै गरेका स्थानीयबासी ५० बर्षका दयाराम लामिछानेको चिप्लिएर लड्न पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक ९डिएसपी० लिलाराज लामिछानेले जानकारी दिए ।
दिउँसो करिब ३ बजे बजे घाँस लिएर फर्कदै गरेका लामिछाने चिप्लिएर झण्डै २० मिटर तल पुगेको डिएसपी लामिछानेको भनाई छ । लडेर गभ्भीर घाइते भएका उनलाई उपचारका लागि आरुचनौटे प्राथामिक स्वास्थय केन्द्रमा पु¥याएको भएपनि चिकित्सकले मृत घोषणा गरेको डिएसपी लामिछानेले जानकारी दिए ।
घटना लगत्तै प्रहरीको टोलीको प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमार्टम गरि अन्येष्टीका लागि परिवारको जिम्मा लगाइएको उनले बताए । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
प्रतिक्रिया