![भिमसेन थापा गाउँपालिका अध्यक्ष बन्जराले गरे सम्पती बिबरण सार्वजनिक](https://gandakidiary.com/wp-content/uploads/2022/07/lok-prasad-banjara.jpg)
गोरखा, ५ साउन । भिमसेन थापा गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बन्जरा (अक्कल) ले आज आफ्नो सम्पती बितरण सार्वजनिक गरेका छन् । सार्वजनिक पद घारण गरेका व्यक्तिहरुले आफ्नो सम्पती बिबरण सार्वजनिक गर्नुपर्ने प्रावधान अनुरुपमा गाउँपालिका अध्यक्ष बन्जराले आफ्नो नाममा रहेको चल अचल सम्पतीको बिबरण सार्वजनिक गरेका हुन् ।
अध्यक्ष बन्जराले सार्वजनिक गरेको सम्पती बिबरण अनुसार आफ्नो नाममा रहेको तीन वटा बैंक खातामा गरि कुल २ लाख ३ हजार ३४६ रुपैया ५६ पैसा रकम रहेको उल्लेख गरेका छन् । जसमध्ये लक्ष्मी लक्ष्मी बैंकको खातामा ५२ हजार ९७६ रुपैया ९५ पैसा, ध्याम्पेसालमा रहेको मेघा बैकंको खातामा १ लाख १७ हजार ६३९ रुपैया १० पैसा र ध्याम्पेसालमा नै रहेको सांग्रिला बैकको खातामा ३२ हजार ७३० रुपैया ५१ पैसा रहेको रहेको सार्वजनिक गरेका हुन् ।
अध्यक्ष बन्जराले आमाको नाममा रहेको पैत्रिक सम्पती भने अहिलेसम्म आफ्नो नाममा नामसारी नभएको सम्पती बिबरणमा उल्लेख गरेका छन् ।
गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालयमा आफ्नो सम्पती बिबरण पेश गरेका हुन् । त्यस्तै नागरिक स्तरमा पारदर्शिताका लागि पनि कतैबाट अनियमितता हुन नदिन आफ्नो सम्पती बिबरण सार्वजनिक गरेको उनले बताए ।
प्रतिक्रिया