नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल–भारतबीच भएको सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूह (ईपीजी) को प्रतिवेदनको विषय कुटनीतिक माध्यमबाट समाधान गर्र्नुपर्ने बताएका छन् ।
भारत भ्रमणमा रहेका उनले शनिबार फाउन्डेशन फर पब्लिक अवार्नेस एण्ड पोलिसीले नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रममा उनले यी समस्यालाई असल छिमेकीको भावनाबाट समाधान गर्न सकिने बताए ।
‘सन् १९५० को सन्धि, सीमा समस्या र प्रवुद्ध व्यक्ति समूहको प्रतिवेदनको विषय कुटनीतिक संवादबाट समाधान गर्नुपर्ने आवश्यकता छ । असल छिमेकीको भावनाबाटै हामीले समस्या समाधान गर्न सक्छौं’ उनले भनेका छन् ।
पूर्वप्रधानमन्त्री प्रचण्डले नेपाल–भारतबीचको सम्बन्ध परापूर्वकालदेखिनै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक सम्वादको माध्यामबाट समाधान गर्न सकिने बताए ।
नेपाल र भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन लगायतका विषयमा सुझाव दिन दुई देशकै प्रतिनिधिको सहभागितामा प्रवुद्ध व्यक्ति समूह गठन भएको थियो ।
प्रतिक्रिया