गोरखा । गोरखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर ८ मा एकदिने बाख्रा पालन सम्बन्धी तालिम सम्पन्न भएको छ । कोभिड १९ आपतकालिन प्रतिकार्य तथा पुर्नलाभ परियोजना अन्तरगत स्वाँरा सघन गाउँ केन्द्र गोरखाको सहकार्यान्वयनमा साना किसानहरुका लागि बाख्रा पालन तालिम प्रदान गरिएको वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठले जानकारी दिए ।
ऐेरिभन्ज्याङमा भएको तालिमा साविक ५ वटा वडाबाट गरि ३६ जना साना किसानहरुको सहभागिता रहेको उनले बताए । तालिममा सहभागी भएकाहरुलाई बाख्राको खोर निर्माण, रोगको पहिचान गरि औषधी उपचार गर्ने बिधि लगायतका बिषयमा अभिमुखीकरण प्रदान गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।
भिमसेन थापा गाउँपालिका पशु सेवा बिभागका प्रमुख नारायण प्रसाद भट्टराई र स्वाँरा सघन गाउँ बिकास केन्द्रका देवीप्रसाद लामिछानेले सहभागी कृषकहरुलाई सहजीकरण गरेका थिए ।
प्रतिक्रिया