गोरखामा मापसे गरि प्रहरी माथि हातपात गर्ने दुइ शिक्षक पक्राउ

गोरखामा मापसे गरि प्रहरी माथि हातपात गर्ने दुइ शिक्षक पक्राउ

गोरखा, २० असार । मापसे गरी ड्युटीमा खटिएका प्रहरीमाथि हातपात गर्ने दुई जना शिक्षक पक्राउ परेका छन् ।

मादक पदार्थ सेवन गरेर प्रहरीमाथि ढुंगामुढा गर्ने सिरानचोक गाउँपालिका ४ छोप्राक जैसिथोक रामशरण पोखरेल र रामेश्वर पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

शनिबार साँझ मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा घर जादैँ गरेका पोखरेल द्धय दुर्घटनामा परेको जानकारी पाए पछि उद्धारका लागि गएका २ जना प्रहरी कर्मचारी माथी उनी।हरुले हातपात गरेका थिए । दुर्घटना चोरकाटे बजार नजिकै भएको थियो ।

मापसे गरेका कारण मोटरसाइकल चलाउनमा रोक लगाउदा उनीहरुले प्रहरी माथि ढुङा प्रहार गर्दा प्रहरी हवल्दार अर्जुनबहादुर सेन र प्रहरी जवान अनन्त बहादुर रोका घाईते हुन भएको थियो ।

घाईते मध्ये रोकाको अवस्था गंभिर भएका कारण गोरखा अस्पतालमा सामान्य उपचार लगत्तै शनिबार साँझ नै चितवन रिफर गरिएको गोरखा अस्पताल प्रशासनले जनाएको छ । रोकाको टाउकोको विभिन्न भागमा चोट लागेको गोरखा प्रहरीले जनाएको छ ।

प्रहरी आक्रमणमा संलग्न पोखरेल द्धय सहोदर दाजु भाई हुन् । नेपाली काँग्रेस समर्थित नेपाल शिक्षक संघमा आव रामशरण मण्डली मावि छोप्राक र रामेश्वर रत्नराज्य माविका शिक्षक हुन् । पक्राउ परेका दुवै जना विरुद्ध आइतबार नै जिल्ला प्रशासन कार्यालय गोरखामा सार्वजनिक मुद्धा दर्ता गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

TOP