गोरखा । असार १५ राष्ट्रिय धान दिवस । ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ यस वर्षको १९औँ राष्ट्रिय धान तथा रोपाइँ महोत्सव बुधबार विविध कार्यक्रम गरि मनाइएको छ । गण्डकी प्रदेश लगायत देशभर विविध कार्यक्रम गरी यो दिवस मनाइँएको हो ।
नेपालमा विसं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली वर्षका रूपमा मनाएको थियो ।
मानो रोपेर मुरी फलाउने दिनका रूपमा यस दिनलाई अधिकांश स्थानमा रोपाइँ गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाइँ गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाइँ गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमासमेत लिने गरिन्छ । वर्षामा हिलाम्य भएको शरीरमा ऊर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् ।
गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ३ स्थित कल्लेरी मनकामनामा धान दिवसको अबसरमा बुधबार विविध कार्यक्रम गरि मनाइएको छ । साना किसान कृषि सहकारी संस्था लि. मनकामनाले १९ औ राष्ट्रिय धान दिवस तथा यान्त्रिकीकरण हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा गण्डकी प्रदेशका कृषि मन्त्रि चन्द« बहादुर बुढा मगरले साना किसान कृषि सहकारीका अध्यक्ष कृष्ण श्रेष्ठलाइ ट्याक्टर हस्तान्तरण गरेका छन् ।
सहकारीले कल्लेरीमा स्थानियहरुको जग्गा चक्लाबन्दी गरेर खेती प्रणाली शुरु गरेको छ । असार १५ गतेको उक्त कार्यक्रममा चक्लाबन्दी गरी तयार बनाइएको खेतमा रोपाइ गरिएको थियो ।
रोपाइमा कृषि मन्त्रि बुढा, पुर्व कृषि मन्त्रि तथा प्रदेश सांसद लेख बहादुर थापा मगर, शहिद लखन गाउँपालिका अध्यक्ष रमेश बाबु थापा मगर, उपाध्यक्ष इन्दिरा तिवारी, जिल्ला समन्वय समिति उपप्रमुख लिला परियार लगायत कर्मचारी, महिला समुह स्थानिय कृषकहरु लगायतको सहभागीता रहेको थियो ।
तस्विर : साउण्ड वेभ गोरखाको सहयोगमा
प्रतिक्रिया