गोरखा। गोरखाको भीमसेन थापा गाउँपालिकाले आजदेखि एकैचोटी पालिका भित्र जेष्ठ तथा असक्त नागरिक घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरेको छ ।
गाँउपालिका अध्यक्षमा निर्वाचित भएपछि अध्यक्ष लोकप्रसाद बञ्जराले पालिका भित्रका जेष्ठ नागरिक असाहाय तथा विपन्न व्यक्तिहरुको घर घरमा पुगेर निशुल्क स्वास्थ्य उपचार घोषणा गर्नु भएको थियो । सोही घोषणा अनुरुप गाँउपालिकाले पालिका भित्रका सवै वडाबाट एकै पटक घरघरमा स्वास्थ्यकर्मी परिचालन घरघरमा पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको गाउँपालिका अध्यक्ष बन्जराले बताए।
‘गाउँ टोल घर घरमा स्थानीय सरकार’ भन्ने मूल नाराका साथ जेष्ठ तथा असक्त नागरिक घर दैलो स्वास्थ्य सेवा कार्यक्रमको सुरुवात गरेको उनको भनाई छ। गाँउपालिकाको आयोजनामा आज बिहान वडा नंं ३ स्थित मानव सेवा आश्रम ९बुढी गण्डकी वृद्धाश्रम० बाट कार्यक्रमको औपचारिक सुरुवात गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख भेषराज खनालले जानकारी दिए ।
कार्यक्रमको सुरुवात गर्दै अध्यक्ष बञ्जाराले पालिका भित्र रहेका असाहाय, अशक्त भएका व्यक्तिहरुको सहारा स्थानीय सरकार हुनुपर्ने बताए । ‘कोही अभाव, तनावमा छ भने उसको अभाव परिपूर्ति गर्न स्वंयम उ सँग बल, बृद्धि र श्रम हुन्छ, “उनले भने” कहाँ के नमिलेर व्यक्ति गरिबी तथा भोकमरीमा परिरहेको हो त्यसलाई बुझेर उसलाई अघि बढाउन काम र माम जुटाएर सहयोग गर्नुपर्छ ।’ अध्यक्ष बन्जराले अबको ५ दिन भित्रमा पालिका भित्रका सवै जेष्ठ नागरिक, बिपन्न, आसाहाय व्यक्तिको घरमा स्वास्थ्यकर्मी पुगिसक्ने बताए ।
अहिलेसम्म पालिका भित्र कति त्यस्ता लक्षित व्यक्ति छन् त्यसको एकिन बिबरण नरहेको पाइएकाले अब त्यसको समेत स्पस्ट तथ्याङक बाहिर आउने उनको भनाई छ । अध्यक्ष बन्जराले पालिका भित्र रहेका बरोजगारीलाई रोजगारीको अवसर सिर्जना गर्न आफुहरु लागी परिरहेको बताए । गाउँपालिकाले आजदेखि सुरु गरेको यो अभियान अबदेखि निरन्तर नियमित रुपमा ८ वटै वडामा सञ्चालन गरिने अध्यक्ष बन्जराले जानकारी दिए ।
प्रतिक्रिया