कृषि उत्पादित बस्तुलाई निर्यात गर्न सके राष्ट्रिय पुँजी निर्माण गर्न सकिन्छ : कृषि मन्त्री बुढा

कृषि उत्पादित बस्तुलाई निर्यात गर्न सके राष्ट्रिय पुँजी निर्माण गर्न सकिन्छ : कृषि मन्त्री बुढा

गोरखा, १५ असार । गण्डकी प्रदेशका कृषिमन्त्री चन्द्रबहादुर बुढाले कृषि उत्पादित बस्तुलाई निर्यात गर्न सके राष्ट्रिय पुँजी निर्माण गर्न सकिने बताएका छन् । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्बर ३ स्थित कल्लेरी मनकामनामा धान दिवसको अबसरमा बुधबार आयोजित रोपाई कार्यक्रममा बोल्दै कृषि मन्त्री बुढा उनले कृषि उत्पादनमा आयातलाई प्रतिस्थापन गरेर यहाँ उत्पादित बस्तुलाई निर्यात गर्न सके मात्र राष्ट्रिय पुँजी निर्माण गर्न सकिने बताएका हुन् ।

उनले यस्तो बताएका हुन् । कृषिमन्त्री बुढाले देशमा रोजगारीको सृजना गर्न तथा गरिबी निबारणका लागि पनि कृषि मुख्य आधार भएकाले कृषिलाई आधुनिकीकरण, र यान्त्रिकीकरणमा जोड दिएर उत्पादन बढाउनुपर्ने बताए ।
गण्डकी प्रदेशले सुरु गरेको चक्लाबन्दी कार्यक्रमले कृषि उत्पादन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै यसले मात्र कृषि क्षेत्रमा नयाँ परिवर्तन ल्याउन सकिनेमा उनले जोड दिए । कृषि चक्लाबन्दीमा जोडिदा कृषि उत्पादनमा सहज र वृद्धि हुने भएकाले कृषि मन्त्रि बुढाले सवै कृषकहरुलाई कृषि चक्लाबन्दीमा जोडिन आग्रह गरेका छन् ।

मन्त्री बुढाले अब किसानलाई चक्लाबन्दीमा जोड दिन स्थानीय सरकार तथा संघिय सरकार पनि लाग्नुपर्ने बताए । कार्यक्रममा गण्डकी प्रदेशका सासंद तथा पूर्व कृषिमन्त्री लेखबहादुर थापाले व्यवसायिक रुपमा कृषि खेतीलाई अगाडी बढाउन सके मात्र स्वरोगारीको थप अवसर सृजना हुने बताए ।

साना किसान कृषि सहकारी संस्था लिमिटेड मनकामनाको आयोजनामा भएको कार्यक्रममा जलदेवी बिजबृद्धि कृषक समुह, मनकामना क्षेत्रबिकास समिति, सहिद लखन गाउँपालिका वडा नम्बर ३ को सहकार्य रहेको थियो । कार्यक्रम शहीद लखन गाउँपालिका गोरखाको आर्थिक सहयोगमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

TOP