गोरखाका ६ पालिकाका विभिन्न स्थाामा रहेको २६ हजार भन्दा बढी गाँजाको बोट प्रहरीद्धारा नष्ट

गोरखाका ६ पालिकाका विभिन्न स्थाामा रहेको २६ हजार भन्दा बढी गाँजाको बोट प्रहरीद्धारा नष्ट

गोरखा, १३ असार । जिल्ला प्रहरी कार्यालय गोरखाले गाँजा फडानी कार्यलाई तिव्र पारेको छ ।

जिल्लाको बिभिन्न स्थानहरुमा प्राकृतिक रुपमा उम्रिएका गाँजाको बोटलाई संरक्षण गरी विभिन्न व्यक्तिहरुले लागू औषधको रुपमा प्रयोग गर्न सक्ने भएकाले प्रहरीले फडानी अभियानलाई तिव्र पारेको हो ।

प्रहरीले स्थानीय क्लब, आमा समूह र अन्य सरोकारवाला निकायहरुसंग समन्वय गरी मातहत प्रहरी इकाईहरुबाट खटिएको टोलीले गाँजा फडानी गर्ने कार्यलाई निरन्तरता दिदैँ आइतबार शहिदलखन गाँउपालिका २ मनकामना, ७ बुङकोट, गण्डकी गाँउपालिका ६ घैरुङ, सिरानचोक गाँउपालिका ६ नयाँसाघु, धार्चे गाँउपालिका ४ लाप्राक, अजिरकोट गाँउपालिका ४ सिमजुङ र आरुघाट गाँउपालिका २ मान्बु गरी ७ स्थानमा गाँजाको बोट फडानी गरेको प्रहरी नायव उपरीक्षक लिलाराज कोइरालाले जानकारी दिनुभयो।

उहाँका अनुसार एकैदिन झण्डै एक हजार २ सय चालिस गाँजाबोट प्रहरीले नष्ट गरेको हो । त्यस्तै आज गोरखा गोरखा नगरपालिका ३ नारेश्वर, शहिदलखन गाउँपालिकाको मनकामना, गण्डकी गाउँपालिका ६ घैरुङ, पालुङटार नगरपालिका ७ बिरुवाटार, वडा नम्बर ९ सिस्नेरी, वडा नम्बर ६ को लामा बगैंचा र सिरानचोक गाउँपालिका वडा नम्बर ५ तल्लो पाम गरि ७ स्थानहरुमा प्राकृतिक रुपमा नष्ट गरेको उहाँले बताउनुभयो ।

ति क्षेत्रमा कुल एक हजार ५ सय आठ बोट गाँजा फडानी गरेको प्रहरीले जनाएको छ । अभियान सुरु भएसगै केहीदिन यता जिल्ला भरस् छब्बिस हजार ४ सय बयालिस गाँजाको बोट फडानी गरेको डिएसपी लामिछानेले बताउनु भयो ।

 

प्रतिक्रिया

TOP