इरानको आक्रमणबाट युएइमा गोरखा बोर्लाङका श्रेष्ठकाे मृत्यु

इरानको आक्रमणबाट युएइमा गोरखा बोर्लाङका श्रेष्ठकाे मृत्यु

काठमाडाैं । संयुक्त अरब इमिरेट्सस्थित अबुधाबीमा ड्रोन निष्क्रिय पार्ने क्रममा ज्यान गुमाउने युवक गोरखाको भएको पुष्टी भएको छ ।

मुत्यु हुनेमा गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्बर ७ स्थित बोर्लाङ ठाँटीका २९ बर्षका दिवस श्रेष्ठ भएको नेपाली राजदूताबास अबुधाबीले पुष्टी गरेको हो । श्रेष्ठ अबुधाबीस्थित मिडिल इष्ट कम्पनीमा सेक्युरिटी गार्डको रुपमा काम गर्दै आएका थिए।

दुतावासले आज जारी गरेको जारी गरेको समवेदना पत्रमा विमानस्थलमा ड्रोन निस्कृय पार्ने क्रममा भएको घटनामा परेर मृत्यु भएको जनाएको छ ।

प्रतिक्रिया

TOP