गोरखा । गोरखाको उत्तरी क्षेत्रमा गएरातीदेखी हिमपात सुरु भएको छ । हिमपातले उत्तरी गोरखाको हिमाल, उच्च पहाड र गाउँ सेताम्मै देखिएको चुमबनुब्री गाउँपालिका–१ का स्थानिय ब्यापारी निमा दोर्जे लामाले जानकारी दिए ।
उनका अनुसार गएरातीदेखी परेको हिमपात अहिले पनी जारी छ । हिउँले पशु चौपाया, साना बालबच्चा, बृद्वबृद्वा तथा स्वदेशी तथा बिदेशी पर्यटकको जन जिवनमा प्रभावित पारेको छ ।
हिउँले गर्दा पशुचौपायाको आहारामा समस्या आएको र साना बालबच्चा तथा बृद्वबृद्वाहरुलाई चिसोले सताएको उनले बताए । साथै लार्के पासकालागि पुगेका स्वदेशी तथा बिदेशी पर्यटकहरु आवतजावतमा समस्या भएको छ ।
उत्तरी क्षेत्रमा हिमपात भएपछी स्थानिय भने खुशी भएका छन् । ‘यहाँ पानी पर्दैन, यहाँ हिउँ मात्र पर्ने हो’ उहाँले भन्नुभयो ‘यही हिउँले लगाएको बालीलाई पानी र मलको काम गर्छ ।’
हिमपातले बायु मण्डलमा भएको धुलो समेत संगालेर बालीमा लपकै लागेर बस्दा पानी र मलको दुवै काम गर्ने उनले लामाले बताए । रातीदेखी परेको हिउँ अहिलेसम्म करिब २ फिटजती पुगेको छ ।
उक्त क्षेत्रमा पुगेको सबै पर्यटक सुरक्षित रहेको पनि उहाँले जानकारी दिनुयभो । सबै स्थानिय भने घर भित्रै आगो तापेर न्यानो गरेर बसीरहेका छन् ।










प्रतिक्रिया