गोरखा । धादिङको मुलपानीमा चट्याङ लागेर गोरखा बुंकोटकी एक जना बालिकाको मृत्यू भएको छ । अरु दुई जना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका ३ मुलपानी खुर्सानीटारमा मंगलबार दिउसो चार बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका ८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्यू भएको आरुघाट आधारभूत अस्पतालले जनाएको छ ।
त्यस्तै सोही चट्याङ लागेर घाइते भएका सोही ठाउँ निबासी १३ बर्षीया दीक्षा घर्ती मगर र भीमसेन थापा गाउँपालिका ६ का २४ बर्षीय वीरेन्द्र थापा मगर घाइते भएका छन् । उनीहरुको अवस्था भने सामान्य रहेको अस्पतालले विज्ञप्ति निकालेर जानकारी दिएको छ ।
चट्याङ लागेर घाइते भएका तीनैजनालाई अस्पताल पु¥याउँदा दिलिशाको मृत्यू भइसकेको अस्पतालले जनाएको छ ।












प्रतिक्रिया