पूर्वप्रधानमन्त्री भट्टराईले लिए उम्मेदवारी फिर्ता

पूर्वप्रधानमन्त्री भट्टराईले लिए उम्मेदवारी फिर्ता

गोरखा । गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्।

शुक्रबार आफ्नो उम्मेदवारी फिर्ताको घोषणा गरेपछि उनले आफू निरन्तर जनताको सेवामा लागिरहने बताएका छन् । उनले देशले आवश्यक ठानेको व्यक्तिलाई आगामी निर्वाचनमा सघाउने प्रतिबद्धता समेत जनाएका छन् ।

‘आगामी दिनमा देशले चाहेको अनुसारकै व्यक्तिलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ भट्टराईले भने, ‘प्रस्थावक र समर्थक साथीहरूलाई हार्दिक आभार व्यक्त गर्न चाहन्छु ।’

विभिन्न व्यक्ति र दलहरूको आग्रहपछि आफूले उम्मेदवारी फिर्ता लिने निर्णय लिएको उनको भनाइ छ ।

प्रतिक्रिया

TOP