छोराले गरे आमाको हत्या

छोराले गरे आमाको हत्या

काठमाडौं । भक्तपुरमा शुक्रबार राति छोराले आफ्नै आमाको हत्या गरेका छन् ।

मध्यपुर थिमि नगरपालिका(३ तेर्सेटामा २७ वर्षीय प्रविण भण्डारीले आमा ५० वर्षीया सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

धनुषाको मिथिला नगरपालिका(११ घर भएका उनीहरु तेर्सेटारमामा डेरामा बस्दै आएका थिए । शुक्रबार राति प्रविणले आमालाई धारिलो हतियार प्रहार गरेका थिए । छोराको आक्रमणबाट गम्भी घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको डीएसपी जबेगुले बताए ।

आमाको हत्या गरेका भण्डारीले पनि आफ्नै टाउकोमा धारिलो हतियारले हानेका थिए । उनी पनि घाइते भएको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

TOP