काठमाडौं । गण्डकी प्रदेश कास्कीका देवराज चालिसे नेपाली कांग्रेसका प्रवक्ता मनोनीत भएका छन्।
बिहीबार कुपन्डोलमा बसेको केन्द्रीय समितिको पहिलो बैठकले कास्कीका चालिसेलाई प्रवक्ता मनोनीत गर्ने निर्णय गरेको हो।
उनी विशेष महाधिवेशनका अभियानकर्ता पनि थिए।
चालिसे १४ औं महाधिवेशनमा सहमहामन्त्री पराजित भएका थिए। उनी २०७४ सालमा प्रतिनिधिसभा निर्वाचनमा कास्की क्षेत्र नं। ४ मा रवीन्द्र अधिकारीसँग पराजित भएका थिए ।











प्रतिक्रिया