गोरखा । भिमसेनथापा गाउँपालिकाको गाउँसभाको १७ औँ अधिवेशन मंगलबार सम्पन्न भएको छ । अधिबेशनबाट आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता, वातावरण तथा प्राकृतिक स्रोतसम्बन्धी विधेयकसहित आर्थिक वर्ष २०८२/८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव सर्वसम्मतले पारित गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए। यस्तै आर्थिक ऐन संशोधन विधेयक पनि अधिवेशनबाट पारित भएको उनले बताए।
अधिवेशनमा ‘भिमसेनथापा गाउँपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक–२०८२’ संस्थागत विकास, सुशासन तथा सेवा प्रवाह समितिका संयोजक गोपाल बि.क.ले सभामा पेस गरेका थिए । त्यस्तै ‘भिमसेनथापा गाउँपालिकाको खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी विधेयक–२०८२’ आर्थिक विकास समिति संयोजक होमबहादुर बरामुले सभामा पेस गरे ।
अधिवेशनमा ‘भिमसेनथापा गाउँपालिकाको वातावरण तथा प्राकृतिक स्रोत सम्बन्धी विधेयक–२०८२’ वन, वातावरण तथा विपद व्यवस्थापन समितिका संयोजक नारायणप्रसाद भट्टराईले आर्थिक वर्ष २०८२÷८३ को बजेट तथा कार्यक्रम संशोधन प्रस्ताव तथा ‘भिमसेनथापा गाउँपालिका आर्थिक ऐन–२०८२’ को संशोधन विधेयक गाउँपालिका उपाध्यक्ष अमृता देवी भट्ट ९वस्ती०ले सभा समक्ष पेस गरेका थिए ।
अधिवेशनमा उपाध्यक्ष भट्टले पेश गरेको न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन तथा राजस्व परामर्श समितिको अर्धवार्षिक प्रतिवेदन पनि सर्वसम्मत पारित भएको अध्यक्ष बन्जराले जानकारी दिए। त्यस्तै लेखा समितिका संयोजक रामप्रसाद पाण्डेले लेखा समितिको प्रतिवेदन, सुशासन समितिका संयोजक मालती ढकालले सुशासन समितिको प्रतिवेदन, विधायन समितिका संयोजक होमबहादुर बरामुले विधायन समितिको प्रतिवेदन प्रस्तुत गरेका हुनु ।
सभामा लेखा समिति गठन तथा कार्यसञ्चालन कार्यविधि–२०८२, बेरुजु फछ्र्यौट कार्यविधि–२०८२ र गाउँसभा सचिवालय स्थापना तथा कार्यसञ्चालन कार्यविधि–२०८२ माथि आवश्यक छलफल भई स्वीकृत भएको छ ।












प्रतिक्रिया