
गोरखा । गोरखामा आजबाट सार्वजनिक यातायात अनिश्चितकालका लागि बन्द हुने बताएका छन् । गोरखामा सेवारत गोरखा दरौदी यातायात सेवा कम्पनी प्रालि, पृथ्वी राजमार्ग बस सञ्चालन कम्पनी प्रालि.र गोरखा मनकामना यातायात सेवा प्रालिको सयुक्त बैठकको जिल्ला भित्र र जिल्ला बाहिर छुट्ने सवै सार्वजनिक यातायात बन्द गर्ने निर्णय गरेका हुन् ।
सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ बिपरित हुनेगरी संघीय ऐनसंग बाझिने गरि गण्डकी प्रदेश सरकारले गते जेठ १ गते राजपत्रमा प्रकाशित गरि निजी सवारी साधन रातो प्लेटले यात्रु बोक्ने पाउने गरी व्यवस्था गरेपछि उक्त नियमावलीको २०८२ दफा २ को ज तत्काल खारेजीको माग गर्दै व्यवसायीहरुले यातयात बन्द गर्ने घोषणा गरेका हुन् ।
दफा १२ को १ कुनै एक प्रयोजनका लागि दर्ता भएको सवारी अर्को प्रयोजनका लागि प्रयोग गर्न पाईने छैन भन्ने ऐनमा भएको व्यवस्थालाई समेत वर्खिलाप गरी गण्डकी प्रदेश सरकारले गरेको निर्णय प्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सार्वजनिक यातायात केन्द्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, ढुवानी व्यवसायी महासंघ नेपाल तथा सम्पूर्ण मजदुर संघ ÷ संगठनहरु समेत संयुक्त आन्दोलनमा जानुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएकोले सवारी साधन बन्द गर्ने निर्णय भएको आज जारी गरिएको संयुक्त बिज्ञप्तिमा उल्लेख छ ।
सार्वजनिक यातायात बचाउ संघर्ष समिति – २०८२ गण्डकी प्रदेशको आव्हानमा मिति २०८२ जेष्ठ १६ गतेबाट गण्डकी प्रदेशभरि र २०८२ जेष्ठ १९ गतेबाट नेपाल अधिराज्यभर सार्वजनिक सवारी साधन बन्द हुने बारेमा सार्वजनिक यातायात बचाउ केन्द्रिय संघर्ष समिति – २०८२को घोषित सम्पूर्ण आन्दोलनमा हाम्रो ऐक्यबध्ता जाहेर गर्दै थप आन्दोलनलाई गोरखा जिल्लामा सशक्त ढंगले अघी बढाउन मातहातमा संञ्चालित सम्पूर्ण सार्वजनिक सवारी साधनहरु आ–आफनो घर ग्यारेजमा राखी निर्णायक आन्दोलनमा सहभागी भई सहयोग गर्न हुन सम्पूर्ण व्यवसायी, कर्मचारीलगायतलाई बिज्ञप्तिमार्फत अपिल गरिएको छ । स्कुल बसहरुको हकमा जेष्ठ १८ गते सम्म प्रालिमार्फत संञ्चालित बसहरु सञ्चालन गर्ने दिइने र १९ गते पश्चात केन्द्रिय संघर्ष समितिको निर्णय बमोजिम हुने बिज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया