
गोरखा । गोरखामा आज पौडी खेल्ने क्रममा १ जना बालकले मृत्यु भएको छ । मृत्यु हुनेमा बारपाक सुलकोट गाउँपालिका–४ का १५ बर्षिय सिजल गुरुङ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक एवं सूचना अधिकारी ईन्द्र प्रसाद सुवेदीले जानकारी दिए।
उहाँका अनुसार अजिरकोट गाउँपालिका–५ को दरौदी नदी माथि बनेको कालिका हाइड्रो पावरको चेक ड्याममा पौडी खेल्ने क्रममा उनको डुबेर मृत्यु भएको हो । गर्मी भयो भनेर दिउसो १२ः३० बजेको समयमा पौडी खेल्न ड्याममा हामफालेका उनी तत्कालै बेपत्ता भएका थिए । घटनाको थप अनुसन्धान सुरु गरेको गोरखा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया