गोरखामा ९ बर्षदेखिको फरार अभियुक्त पक्राउ

गोरखामा ९ बर्षदेखिको फरार अभियुक्त पक्राउ

गोरखा । जिल्ला प्रहरी कार्यालय गोरखाले अदालतको फरार सूचीमा रहेका एक जनालाई पक्राउ गरेको छ ।

फैसला कार्यान्वयन गर्नेक्रममा गोरखा जिल्ला अदालत गोरखाबाट कैद र जरिवाना तोकिई फरार रहेका प्रतिवादीहरु पक्राउ गर्न फैसला कार्यान्वयन गर्न परिचालित बिशेष टोलीले सवारी ज्यान मुद्दाका फरार अभियुक्तलाई ९ बर्षपछि पक्राउ गरेको प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए।

जिल्लाको पालुङटार नगरपालिका वडा नम्बर १ बस्ने बर्ष ३६ को कुमार बाबु नेपालीलाई अदालतले सवारी ज्यान मुद्दामा एक बर्ष १० महिना २२ दिन कैद सजायको फैसला सुनाएको थियो ।

उनलाई आज अदालतमा बुझाइएकोमा अदालतले कैद भुक्तानीका लागि कारागार चलान गर्न आदेश दिएपछि आजै गोरखा कारागारमा पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

प्रतिक्रिया

TOP