
गोरखा । गोरखाको गण्डकी गाउँपालिका–२, गोर्दीस्थित त्रिशुली नदिको किनारमा आज एक पुरुषको शव फेला परेको छ ।
अन्दाजी ५५ बर्षका जस्तो देखिने पुरुषको शव नदी किनाराको ढुङ्गामा अड्किएको अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।
स्थानीयले शव भेटिएको जानकारी गराएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । विपद् व्यवस्थापन शिक्षालय कुरिनटार र गोरखाबाट खटिएको प्रहरीको अनुसन्धान टोलीले मृतकको शव उद्धार गरी पोष्टमार्टमा लागि गोरखा अस्पतालमा ल्याइएको छ ।
मृतकको सनाखत हुन नसकेको डिएसपी सुवेदीको भनाई छ । घटनाको थप अनुुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।.
प्रतिक्रिया