गण्डकी गाउँपालिकाले तरकारी ढुवानी सहजताका लागि विद्युतीय रोपवे सञ्चालन गर्दै

गण्डकी गाउँपालिकाले तरकारी ढुवानी सहजताका लागि विद्युतीय रोपवे सञ्चालन गर्दै

गोरखा । गोरखाको गण्डकी गाउँपालिकाले तरकारी ढुवानीको सहजताका लागि विद्युतीय रोपवे सञ्चालन गर्ने भएको छ । विद्युतीय रोपवे कार्यक्रमका लागि गण्डकी गाउँपालिका र प्राविधिक परामर्शदाता रोपवे नेपालको संयुक्त टोलीले मंगलबार विस्तृत प्राविधिक स्थलगत अध्ययन सम्पन्न गरेको छ ।

“केही वर्ष अघिसम्म हाते रोपवे सञ्चालनमा आएको थियो तर हाल बन्द रहेको छ” गाउँपालिका अध्यक्ष दीपक तिमिल्सिना ‘साकार’ले भने–“हिक्लुङ थुम्कामा थप स्तरोन्नती गरी विद्युतीय रोपवे सञ्चालन गरी तरकारी तथा सामान ढुवानी गर्ने गाउँपालिकाको योजना रहेको छ ।”

यस रोपवेबाट हिक्लुङ थुम्काबासीहरुको आवश्यकता तथा व्यवसायिक तरकारी उत्पादनको प्रबद्र्धनका लागी थप टेवा पुग्ने उनको भनाई छ ।

बर्षाको समयमा पहिरो गइरहने हुँदा ग्रामिण भेगका सडक अवरुद्द हुन सक्ने भएकाले त्यसको विकल्पका लागि रोपवे सञ्चालन गर्न लागिएको गाउँपालिका अध्यक्ष साकारले बताए।

प्रदेशबाट प्राप्त रु ४० लाखमा गाउँपालिबाट थप रु ५० लाख गरी कुल ९० लाख रुपैयाँ विनियोजन भएको छ । यसको विस्तृत डिजाईन तयार गरी यसै आर्थिक वर्षमा निर्माण सुरु गर्ने गरी कार्य अघि बढाउने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

TOP