गोरखा। राजधानीको टोखा बस्दै आएका गोरखा बोर्लाङका सन्तराम श्रेष्ठको डेरामा गएराती चोरी भएको छ । भिमसेन थापा गाउँपालिका–८ बोर्लाङका श्रेष्ठको डेराबाट ठुलो मात्रामा चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
टोखा नगरपालिका–१० गणेशस्थान डेरा गरी बस्ने श्रेष्ठको कोठाबाट सुन र चाँदीका विभिन्न गरगहना, नगद ३ हजार रूपैयाँ र मोबाइल ३ थान गरी ४ लाख ८१ हजार २०० रूपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
प्रहरीले चोरीममा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नु साथै घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया