काठमाडौँ । शिक्षमन्त्री सुमना श्रेष्ठले पदभार ग्रहण गरेकी छन् । बुधबार राति सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् ।
यसअघि शीतल निवासमा उनले शिक्ष मन्त्रीको शपथ लिएकी थिइन् । काठमाडौँ महानगरपालिका वडा नम्बर २६ याकुपामा २०४१ साल असोज १५ गते जन्मिएकी उनले पोल्याण्डका नागरिक पावल लुकास स्काविन्स्कीसँग बिहे गरेकी छिन् ।
श्रेष्ठले व्यवस्थापनमा स्नातकोत्तर सम्मको अध्ययन, अमेरिकाको ब्रायन मावर कलेज र ह्याभरफोर्ड कलेजबाट अर्थशास्त्र र गणितमा स्नातक, एमआईटी स्लोन स्कूल अफ म्यानेजमेण्टबाट बिजनेस एडमिनिष्ट्रेशनमा स्नातकोत्तरसम्मको अध्ययन गरेकी छिन् । उनीसँग झन्डै १ वर्ष हाराहारीको राजनीतिक अनुभव रहेको छ । श्रेष्ठलाई राष्ट्रिय स्वतन्त्र पार्टीको आदिवासी जनजाति कोटाबाट समानुपातिक सांसद बनाएको थियो ।
पदभार ग्रहण गरे संगै शिक्षामन्त्री श्रेष्ठले विश्वविद्यालयको नेतृत्व प्राज्ञिक तथा विज्ञ व्यक्तित्व हुने गरी कानुनी प्रबन्ध गर्न आवश्यक काम अघि बढाउने निर्णय गरेकी छन्।
बुधबार मन्त्रालयमा पदबहाली गर्दै उनले विश्वविद्यालयमा राजनीतिक नेतृत्व बस्ने प्रावधान हटाएर प्राज्ञिक तथा विज्ञ व्यक्तित्वलाई राख्न आवश्यक काम अघि बढाउने निर्णय गरेकी हुन्।
प्रतिक्रिया