![चितवनमा शंकास्पद रुपमा मृत भेटिएकी १३ वर्षीया बालिका शालिनको झुण्डिएर मृत्यु भएको पुष्टी](https://gandakidiary.com/wp-content/uploads/2024/03/Salin-death.png)
काठमाडौं । चितवनमा शंकास्पद रुपमा मृत भेटिएकी गोरखा गाउँपालिका मुच्चेककी १३ वर्षीया बालिका शालिन पोखरेलको झुण्डिएर मृत्यु भएको खुलेको छ ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी बालिकाको शब काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।
अस्पतालले झुण्डिएर बालिकाको मृत्यु भएको पोस्टमार्टम रिपोर्ट चितवन प्रहरीलाई पठाएको छ । बालिकाको परिवारले उनको बलात्कारपछि हत्या भएको दाबी गर्दै आएको थियो ।
पोष्टमार्टमबाट बलात्कार भने पुष्टि हुन नसकेको अस्पतालले जनाएको छ । प्रहरीले परिवारकै उजुरीका आधारमा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो ।
प्रतिक्रिया