कविताः सिन्दुरको धर्को

कविताः सिन्दुरको धर्को

सिन्दुरको धर्को

मैले जन्म देखी लेख्दै,आएको
या भनौं मैले बुवा बाट एक्लौटी पाएको..।
मेरो नाम पछाडिको थर ,
परिबर्तन हुन्छ रे,
खै म त मान्दिँन,।
एक चिम्टी सिन्दुरको भरमा साँटिने,मेरो नाम पछाडिको थर भन्दा प्यारो,मेरो आमा बुवाको काख एक्लिनेछ,।

खै म कसरि मानौं,
आफ्नो घर त्यो पराई घर हो रे,
जुन घरमा मैले पाइला टेकेकै छैन,।
या भनौं आजसम्म देखेकै छैन,
त्यो घरलाई आफ्नो कसरी मानौ,।

मेरो पहिलो चिच्याई,
मेरो पहिलो आँशु र मुस्कान ,
मैले पहिलो पाइला चालेको,
यो घर मेरो हैन रे,
म कसरि बुझौं यो रिती,
एक चिम्टी सिन्दुर को भरमा साँटिएको मेरो खुसी,
त्यो मेरै हातले रोपेको आँप को रुख,मैले सधै पुजा गर्ने पुजा घर,।

म उदास हुँदा बस्ने छतको कुना,।
ई सबै छुट्ने छन् बस एक चिम्टी सिन्दुरमा,
म कसरी माया गरौं उसलाई ,
जसले मेरो खुसीका सबै सामग्री छोड्न लगायो,
या भनौं मेरो खुसी को त्याग उ नै हो,।
म कसरी आफ्नो भनौं उसलाई ,।

जसले मलाई आफ्ना सङ्ग छुटायो,
बस एक चिम्टी सिन्दुर मा,
म पनी दिन सक्छु, एक चिम्टी सिन्दुर,के ऊ मेरो घरमा ,
म उसको घर मा गए जस्तै,
सबै छोडेर आउन सक्छ,?
बस एक चिम्टी सिन्दुर को सहारामा,।

✍️उज्जल बिबस

प्रतिक्रिया

TOP