#नेताज्यु नमस्कार,🙏🙏
ध्यान दिएर सुनीदिनुस् हैं यो मुक्तक,👂️
✍️उज्जल धमला (बिबस)
भोट चाहिन्छ,भनेर पो जनता सम्झिन्छ्न् ,।
आलु, काउली, प्याज र भन्टा सम्झिन्छन्
सांसदको चुनाव नभई दिएको भए नेताले,
नत्र जनताको के काम,हामीलाई किन सम्झिन्छन् ,।
चुनावको बेलामा हजुर पेडा देखाउँछन्
बियर,रम,भोड्का र भेडा देखाउँछन् ।
सावधान रुपैयाँ लिएर भोटदिने जनता,
चुनाव जितेपछि नेताले आलु देखाउँछन् ।
विदेश तिर बिकासको भेल हुन्छ
मान्छे मान्छेमा आपसमा मेल हुन्छ,।
हाम्रो देशमा त बाह्रै महिना हजुर ,
एक अर्काको खुट्टा तान्ने खेल खेलिन्छ,।
उता पानीपरे यता छाता थापीन्छ,
लम्पसार परिकन लाता थापीन्छ,।
कहिले सुध्रिदैन मगन्ते नेताहरु,
जहाँ गए’नी हजुर बाटा थापिन्छ ।
मनपर्ने साथिको बोली र मुख पनी राम्रो हुन्छ,।
गतिलो जिवनसाथी पाए #दुःख पनी राम्रो हुन्छ,।
बिग्रेको बाट राम्रोको कल्पना गर्दै नगर्नुस् किन कि,
बीउ राम्रो भए पो त हजुर रुख पनि राम्रो हुन्छ,।
प्रतिक्रिया