सडक दायाबायाँ फुटपाथ र फुलको गमला सहितको रेलिङले सुन्दर व्यवस्थित बन्दै पालुङटार

सडक दायाबायाँ फुटपाथ र फुलको गमला सहितको रेलिङले सुन्दर व्यवस्थित बन्दै पालुङटार

गोरखा । पालुङटार नगरपालिकाले रेलिङसहितको फुटपाथ निर्माणको गरेको छ । आर्थिक वर्ष २०७९र८० मा २० लाख लागतमा निर्माण कार्य सुरु गरेको नगरपालिकाले पालुङटारको मुख्यबजार क्षेत्र ठाँटीपोखरी बजारलाई सौन्दर्यीकरण गर्नका लागि फुटपाथ निर्माण गरेको हो ।

मेयर विवस चिन्तनका अनुसार बजार क्षेत्रमा हुने फोहोर मैला सहित अवस्थित पार्किङका कारण बजारको सौदन्यकरणमा समस्या भइरहेको स्थानीयले गुनासो गरेपछि बजार क्षेत्रमा रेलिङसहितको फुटपाथ निर्माणमा जोड दिएको बताए ।

बजार व्यवस्थापन समितिका पूर्व अध्यक्ष खुमबहादुर अधिकारीले रेलिङसहितको फुटपाथ निर्माणले बजार क्षेत्रसहित नगरपालिकाको विकासमा थप टेवा दिएको दाबी गरे । अर्का स्थानीय गोविन्द्र पाण्डेले बजारको सौदर्यिकरणमा थप टेवा दिएको र यस्तो काम अझै गर्नुपर्ने बताए । नगरपालिकाले पालुङटारको हरेक ठाउँमा यस्तो फुटपाथ निर्माण गर्न अनुरोध गरे ।

टाँठीपोखरी बजार क्षेत्रमा बनेको रेलिङसहितको फुटपाथका कारण आन्तरिक तथा बाह्य पर्यटकसमेत थप सहज भएको उनको बुझाइ छ । उनका अनुसार पालुङटारका अन्य बजार क्षेत्रका सडकमा समेत फुटपाथ निर्माण गर्दा पर्यटक भित्र्याउनसमेत झन् सहज हुने विश्वास व्यक्त गरे ।

नगरपालिकाले निर्माण गरेको रेलिङसहितको फुटपाथमा स्थानीयले मौषस अनुसारको फुल रोप्नुपर्नेछ । जसका लागि वडा कार्यालयले सहजीकरण गर्ने छ । नगरपालिकाले विनियोजित कुल २० लाखसहित ४ लाख श्रमदानमा करिब ५ सय मिटर सडकमा रेलिङसहित फुटपाथ निर्माण गरेको हो ।

यसका अलावा चालु आर्थिक वर्षमा थप ५ लाख बजेट विनियोजन गर्दै नगरपालिकाको थप २ सय मिटर सडकमा फुटपाथ निर्माण गर्ने योजना रहेको छ । समिचौतारामा खुल्ला सभा स्थल निर्माण गर्न १० लाख बजेट विनियोजन गरेको पालिकाले यस क्षेत्रसमेत फुटपाथ निर्माणको काम गरिरहेको ई। सन्दिप मरहठ्ठाले बताए ।

भवानी माध्यमिक विद्यालय क्षेत्रमा हुने अगवनको चापलाई आधार मान्दै नगरपालिकाले सवारी दुर्घटना न्यूनीकरण गर्नसमेत रेलिङसहितको फुटपाथले थप मद्दत पुग्ने विश्वास राखेको उनले बताए । यस क्षेत्रमा पैदल यात्रु, सवारी साधन प्रयोगकर्ता, सवारी चालक तथा बालबालिका, सडक दुर्घटना र स्थानीयको चापलाई मध्यनजर गर्दै नगरपालिकाले फुटपाथ निर्माण कार्य गरेको हो । फुटपाथ बनाउने कार्यसंगै सडकमा सौयबत्ती र सिसिटिभी जडान गर्ने योजना रहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्य पहाडीमार्ग कारण पालुङटारका धेरै भाग प्रभावितसमेत बनेको छ । हिउँदको समयमा धुलो र बर्खाका समयमा हिलोका कारण नगरपालिकाका स्थानीय प्रभावितसमेत बनेका छन् । यही मार्गका कारण केही भाग फुटपाथ निर्माणमा समेत प्रभाव परेको उनले बताए ।

नगरपालिकाको टाँठीपोखरी चोकको पूर्वपश्चिम र उत्तर तर्फ निर्माण कार्य भइरहेको छ । दक्षिणमा मध्य पहाडी लोकमार्ग निर्माणाधीन अवस्थामा रहेकाले फुटपाथ निर्माण गर्न नसकिएको जनाएको छ ।

प्रतिक्रिया

TOP