काठमाण्डौं, २३ कात्तिक । गोरखाको गण्डकी गाउँपालिकाले तिहारपछि वडा कार्यालयबाटै श्रम स्वीकृति तथा पुन श्रम स्वीकृती सेवा प्रदान गर्ने भएको छ । गाउँपालिका रोजगार शाखाले आज एक कार्यक्रमको आयोजना गर्दै सम्पूर्ण वडाहरु मार्फत श्रम स्वीकृति सेवा प्रदान गर्न सहजिकरण गरिएको रोजगार शाखा प्रमुख लक्ष्मण रेग्मीले बताए ।
सहजिकरण कार्यक्रममा सबै वडाका सचिवहरु तथा प्राविधिक कर्मचारीहरुको सहभागिता रहेको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको परिपत्र अनुसार २०८० वैशाख देखि देशका सम्पूर्ण गाउँपालिकाहरुले स्थानीय तहमार्फत नै श्रम स्वीकृति तथम पुन श्रम स्वीकृति एव वैदेशिक रोजगारमा गएका बेला हुन सक्ने घटनाहरुको क्षतिपूर्तिको लागि आवश्यक कागजातहरुको प्रविष्टि गर्दै आएका छन् । यस अघि गाउँपालिका रोजगार शाखाबाट मात्र प्राप्त हुने यस सुविधा वडाहरुमा पनि बिस्तार गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले श्रम स्वीकृतिका लागि अनलाईन फर्म भर्ने नाममा गाउँपालिका वासिहरु कुनै अफ्ठ्यारो तथा ठगिमा नपरुन भन्ने सोचका साथ वडाहरुमा समेत सेवा बिस्तार गरिएको बताए ।
प्रमुख प्रशासकिय अधिकृत रिजेश उपरकोटीले फर्म भर्दा वडाका कर्मचारीहरुले श्रम स्वीकृति तथा रोजगारदाताबाट आएका सम्पूर्ण कागजातहरु समेत रुजु गरिदिने हुदाँ वैदेशिक रोजगारमा जान लागेका गाउँपालिका वासीहरुलाई निकै सहयोग पुग्ने बताएका छन् । नपुगेका कागजातका विषयमा समेत आवश्यक सहजिकरण तथा समन्वय गर्ने गरि यस सेवाको विस्तार गर्न लागिएकाले सम्पूर्ण जनप्रतिनिधी, कर्मचारीहरुलाई यस सेवा विस्तारमा आवश्यक सहजिकरण र सहयोग गर्न समेत अनुरोध गरे ।
अब तिहार लगत्तै गाउँपालिका वासीले सम्बन्धित वडाबाटै श्रम स्वीकृति तथा पुन श्रम स्वीकृतिका लागि सम्पूर्ण सेवा निशुल्कका साथै उचित परामर्श सेवा समेत पाउने गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया