काठमाडौं । कुमारी बैंकले नेपालीहरुको महान चाड बडादसैंलाई लक्षित गर्दै हर्षोल्लासका साथ आफ्ना बचत खाताहरुमा विभिन्न आकर्षक सुविधासहित ‘टीका अघि नै दक्षिणा’ योजना सार्वजनिक गरेको छ ।
नेपाली बैंकिङ क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘टीकाअघि नै दक्षिणा’ योजना ल्याई महान चाड दसैंको हर्षोल्लासका अभिवृद्धि गर्ने भएको हो । योजनामा कार्ड तथा मोबाइल बैंकिङ मार्फत भुक्तानी कारोबार गर्दा हरेक दिन पहिलो ५०-५० जनालाई बैंकद्वारा २५ प्रतिशत अधिकतम ५०१ रुपैयाँसम्म क्यास ब्याक दिइने बैंकले जनाएको छ । क्यास ब्याक रकम पीओएस, क्युआर पेमेन्ट तथा अनलाइन पमेन्टबाट गरिने कारोबारमा प्रदान गरिनेछ ।
चाडबाडको अवसरमा कुमारी बैंकले नेपाली समुदायको खुसीमा साथ दिन आफ्नो अटल प्रतिबद्धता स्वरुप उपरोक्त सुविधा असोज २८ देखि कात्तिक ५ सम्म लागू हुने जनाएको छ ।
प्रतिक्रिया