गण्डकी गाउँपालिकामा बिपन्न महिलाहरुलाई व्यवसायिक च्याउ खेती सम्बन्धी तालिम

गण्डकी गाउँपालिकामा बिपन्न महिलाहरुलाई व्यवसायिक च्याउ खेती सम्बन्धी तालिम

गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा बिपन्न महिलाहरुको आयआर्जन बृद्धिका लागि व्यवसायिक च्याउ खेती सम्बन्ध तालिम प्रदान गर्न सुरु गरिएको छ ।

युएसएआईडी स्थानीय कार्यः गोरखा र चितवन कार्यक्रम अन्तरगत युएसएआईडीको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा नेपाल दलित महिला उत्थान संघ (एड्वान) को आयोजनामा तालिम सुरु भएको हो । गण्डकी गाउँपालिका वडा नम्बर ५ स्थित डेढेमा सुरु भएको तालिममा नुमना कोसिस महिला कृषक समुहका २१ जनाको सहभागिता रहेको परियोजनाको फिल्ड संयोजक कमल बसेलले जानकारी दिए । स्थानीय बिपन्न कृषक महिलाहरुको समुह गठन गरी आर्थिक आयआर्जन बृद्धिका लागि टेवा पु¥याउने उद्देस्यले एड्वानले तालिम सञ्चालन गरेको उनले बताए ।

सहभागी महिला कृषकहरुलाई कृषि प्राविधिक दिपेन्द्र बिष्ट र निरमाया थापाले च्याउ खेती सम्बन्धी तालिम प्रदान गर्ने वसेलले जानकारी दिए । बुधबारदेखि सुरु भएको तालिम ७ दिनसम्म सञ्चालन हुने परियोजनाले जनाएको छ । ‘परियोजना अन्तरगत आर्थिक र सामाजिक रुपमा विपन्न महिलाहरुको समुह निर्माण गरी वडा कार्यालयको समन्वयमा समुह गठन गरिएको छ, उनले भने, ‘वडा कार्यालयले सुझाव दिएको ठाउँमा तालिम सञ्चालन गरिएको हो ।’

वडा नम्बर ५ दर्वुङमा परियोजना अन्र्तगत दुई वटा समुह गठन गरि कार्यक्रम सञ्चालन गरिएको संयोजक वसेलले बताए । एड्वानका अध्यक्ष विन्दु थापा (परियार) को अध्यक्षतामा भएको तालिमको उद्घाटन कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष पहलमान वयलकोटी, गाउँपालिका पशुशाखाका प्राविधिक नविनप्रसाद उपाध्याय, परियोजनाका सामाजिक परिचालक सिर्जना बि.क लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

TOP