संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङको निधन

संविधान सभाका अध्यक्ष सुवास चन्द्र नेम्बाङको निधन

काठमाडौं । संविधान सभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्बाङको निधन भएको छ ।

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा सोमबार मध्यराति हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरिले पुष्टि गरेका छन् ।

नेम्बाङलाई उपचारका लागि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । राति साढे १ बजे अस्पताल पुर्‍याइएका नेम्वाङको बिहान चार बजेको आसपासमा निधन भएको अस्पताल स्रोतले जनाएको छ । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमै राखिएको छ ।

उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए ।

उनी हाल इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।

अहिले एमाले अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका नेता अहिले शिक्षण अस्पतालमा छन् ।

७० वर्षीय नेम्बाङको जन्म इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । उनले कानुनमा स्नातक (बीएल) गरेका थिए । संविधानसभा अध्यक्ष हुनुअघि उनी यसअघिको व्यवस्थापिका संसदको पनि सभामुख थिए ।

त्यसअघि २०४८ र २०५२ मा गरी उहाँले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालेका थिए । २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत भएका थिए ।

कानुन व्यवसायीका रुपमा परिचित नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवको भएका थिए । उनी २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष समेत भए ।

प्रतिक्रिया

TOP